राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालले १३२औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवीहरूलाई शुभकामना दिनुभएको छ ।
राष्ट्रपति पौडेलले आज एक शुभकामना सन्देश जारी गर्दै दिवसले आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ विश्वभरिका सम्पूर्ण श्रमजीवीहरूलाई एकताको सुत्रमा बाँध्न सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभएको छ ।
त्यस्तै, प्रधानमन्त्री दाहाललेले पनि अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिंदैे सामाजिक सुरक्षा कार्यक्रमलाई सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयमा अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने बताउनुभएको छ ।
आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र कडाईका साथ लागू गर्न पहल गर्ने उहाँले बताउनुभएको हो । राष्ट्रतर्फबाट प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कारमा यसै वर्षदेखि कम्तिमा २ प्रतिशत मजदुरलाई समावेश गर्ने नीति लिइने पनि प्रधानमन्त्री दाहालले जारी गर्नुभएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया