काठमाडौं । उपचारका लागि भारत गएका राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । आज स्वदेश फर्किँदै छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार आजै राति नेपाल एयरलाइन्सको नियमित उडानबाट पौडेल स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
उपचारमा संलग्न चिकित्सकहरूले अझ केही हप्ता आराम गर्ने सुझाव दिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
पेट र छातीमा समस्या देखिएपछि पौडेललाई एयर एम्बुलेन्सबाट वैशाख ६ गते दिल्ली लगिएको थियो ।
प्रतिक्रिया