काठमाडौँ । प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एसोसिएसनले आन्दोलन सुरू गरेको छ । प्रधानन्यायाधीश नियुक्ति लगायतका ८ वटा माग राखेर बारले आइतबारबाट आन्दोलन थालेको हो । यसअघि नै संवैधानिक परिषद्का प्रमुख समेत रहेका प्रधानमन्त्री र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको बारले आइतबारबाट एक सातासम्म प्ले कार्ड र ब्यानरसहित देशव्यापी आन्दोलनको सुरुवात गरेको छ ।
बारले आफूहरूका मागमा सरोकारवालाले चासो नदिएमा अर्को चरणको आन्दोलनको सुरुवात गर्ने बताएको छ ।
प्रतिक्रिया