देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किँदै

देशान्तर

काठमाडौं । भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल ११ दिनको उपचारपछि आज् स्वदेश फर्कदै हुनुहुन्छ ।

नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा ११ दिनको उपचारपछि राष्ट्रपति पौडेल आज राति साढे ८ बजे फर्किन लाग्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएपछि स्वदेश पलर्कन लाग्नुभएको हो । उहाँ अस्पतालबाट सिधैं विमानस्थलबाट काठमाडौं आउने कार्यक्रम छ ।

उहाँ नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किन लाग्नु भएको हो ।

राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर थप उपचारका लागि गत वैशाख ६ गते भारत लगिएको थियो ।