भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारी आज स्वदेश फर्कनुहुने भएको छ । गएको फागुन ३ गते आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागी हुँदा गम्भीर घाइते हुनुभएका भण्डारीलाई ४ गते एअर एम्बुलेन्समार्फत् मुम्बईको नेशनल बर्न सेन्टरमा लगिएको थियो ।
स्वास्थ्य उपचारपछि भण्डारी आज दिउँदो स्वदेश फर्कन लाग्नुभएको हो । उहाँ नेपाल वायुसेवा निगमको विमानमार्फत् दिउँसो त्रिभुवन विमानस्थलमा आइपुग्ने कार्यतालिका रहेको छ ।
प्रतिक्रिया