एजेन्सी। मध्य युक्रेनको ऐतिहासिक शहर उमानको आवासीय क्षेत्रमा रुसले हवाई हमला गरेको छ ।
सोही हमलामा रुसी आक्रमणमा परी ५ जना बालबालिकासहित २६ जनाको मृत्यु भएको छ । युक्रेनमाथि करिब दुई दर्जन क्षेप्यास्त्र प्रहार गर्दा रुसले गैरसैनिकको मृत्यु भएको हो ।
भत्केका भवनका भग्नावशेषबाट मृतकका शव निकालिएका हृदयविदारक दृश्य देखिएको युक्रेनी अधिकारीहरूले बताएका छन् । भग्नावेशषबाट बालबालिकाका शव पनि निकालिएका छन् ।
यो वर्ष शिशिर यामको प्रारम्भमा उर्जा र इन्धन प्रवाह गर्ने युक्रेनी पूर्वाधारमा आक्रमण गरेर रुसले जनजीवन कष्टकर पारेको थियो ।
केही समयका लागि आक्रमण बन्द गरेको रुसले नागरिक संरचना तथा आवासमा फेरी आक्रमण गर्न थालेको छ ।
करिब ८० हजार बासीन्दा रहेको लुगान्स्कमा पनि आक्रमण भएको छ ।
पूर्वी लुगान्स्क शहर रुसले नियन्त्रणमा लिएको छ । रुसी क्षेप्यास्त्रहरू मध्य शहर डिनिप्रोमा पनि बर्सिएका छन् ।
गत जनवरीमा उक्त शहरको आवासीय भवनमा भएको क्षेप्यास्त्र आक्रमणमा ४० जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया