काठमाडौं । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी एसिसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा कुवेतविरुद्ध खेलिरहेको नेपालले लगातार तीन विकेट गुमाएको छ ।
जारी खेलमा नेपालले आरिफ शेखलाई १९ र दीपेन्द्रसिंह ऐरीलाई शून्य रनमा गुमाएको हो । त्यसपछि आएका सन्दीप ५ रन बनाएर आउट भए।उनले अघिल्लो खेलमा अलराउण्ड उत्कृष्ट प्रदर्शन गरेका थिए ।
यसअघि कप्तान रोहित पौडेल ५७, कुशल भुर्तेलले ४३, आसिफ शेखले ३१ रन बनाउँदा भीम सार्की एक रनमा आउट भएका थिए।
वर्षाका कारण प्रभावित खेल ४२ ओभरमा छोट्याइएको छ। ३६ दशमलब ३ ओभरको खेल सकिँदा नेपालले ६ विकेट गुमाउँदै २ सय ३१ रन बनाएर खेलिरहेको छ ।
प्रतिक्रिया