देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बैंक तथा वित्तीय संस्थाको ब्याज तिर्न नसकेर सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छः मन्त्री किराँती

देशान्तर

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले बैंक तथा वित्तीय संस्थाहरुको ब्याज घटाउन सक्ने अवस्था नरहेको पनि बताउनुभएको छ ।

होटल एशोशिएसन अफ नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले बैंक तथा वित्तीय संस्थाहरुको ब्याज घटाउन सक्ने अवस्था नरहेको बताउनुभएको हो ।

उहाँले शहरमा पनि बैंक तथा वित्तीय संस्थाहरुको ब्याज तिर्न नसकेर सर्वसाधारणले सास्ती व्यहोर्नु परेको स्मरण पनि गराउँदै बैंक तथा वित्तिय संस्थालाई ‘नयाँ शोषक’ कोे संज्ञा दिनुभएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले कम्प्युटर लिएर गाउँ जाने र त्यहाँका आमाहरुलाई ऋण दिएर डोरीमा पासो लगाउन बाध्य पार्ने थुप्रै कथाहरु रहेको मन्त्री किराँतीले बताउनुभएको हो ।

मन्त्री किराँतीले छोराछोरीहरुलाई मोबाइल किन्न लिएको ऋण तिर्नका लागि गाउँले आमाहरुको घरखेत उठेको र पछि चिन्ताले डोरीमा पासो लगाउने स्थिति बनेको पनि उल्लेख गर्नुभएको छ ।

पहिले शोषकहरु दौरा–सुरुवाल लगाएर तमसुक बोकेर आउने गरेको र अहिलेको नयाँ शोषक भने कम्प्युटर लिएर गाउँ जाने गरेको बताउनुभयो ।

होटल व्यवसाय पर्यटनको मेरुदण्ड भएको उल्लेख गर्दै उहाँले त्यस क्षेत्रको विकासमा सरकारले सकेको सहयोग गर्ने समेत उहाँको भनाई थियो ।