काठमाडौं । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र कुवेतबीचको सेमिफाइनल वर्षा कारण रोकिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २३.२ ओभरमा ३ विकेटको क्षतिमा १४१ रन बनाउदा रोकिएको हो ।
नेपालका लागि रोहित पौडेल ३० रन र कुशल मुल्ल ३२ रन बनाएर खेलिरहेका छन् ।
ओपनरद्वय कुशल भुर्तेल ४३ रन र आसिफ शेख ३१ रन बनाएर आउट भए । यस्तै भीम सार्कीले एक रन मात्र जोड्न सके ।
प्रतिक्रिया