आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दैछ ।
संघीय ससद भवन, बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने छ ।
यसअघि संसदीय सुनवाई समितिमा सदस्यहरु मनोनयन गर्ने, सत्य निरूपण तथा मेलमिलाप आयोगका लागि बिशेष समिति गठन गर्ने तथा सबैधानिक परिषद सबन्धी ऐन पारित गर्ने लगायतका कार्यसुची राखेर बैठक बोलाइएको थियो ।
तर, मुख्यतः संबैधानिक परिषद ऐनमा प्रधानमन्त्रीलाई बिशेषाधिकारसहित राखेर नयाँ प्रस्ताव ल्याए पछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाउँदा सो बिद्येयक कार्यसुचीवाट हट्न पुगेको थियो ।
यस्तै आजै अपरान्ह ४ बजे राष्ट्रिय सभाको बैठक पनि बस्ने छ ।
गत बिहीबारका लागि बोलाइएको बैठक बिशेष कारण देखाउँदै स्थगित भएको थियो, स्थगित सो बैठक आज पुनः बोलाईएको हो ।
प्रतिक्रिया