देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तत्काल सरकारमा जाने सोच छैनः रवि लामिछाने

देशान्तर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्काल सरकारमा नजाने बताउनुभएको छ ।

चितवन २ बाट विजयी भए पश्चात कामठाडौंमा पहिलोपटक सञ्चारकर्मीसँग प्रस्तुत हुनुभएका रविले यस्तो बताउनुभयो ।

सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन सक्ने आशय प्रकट गर्नुभएको छ । लामिछानेले सरकारको न्यूनतम कार्यक्रमबाट आफ्नो पार्टीका एजेन्डाहरू हटाइएकोमा असन्तुष्टि जनानुभएको थियो ।

कुनै पनि समयमा भएको भ्रष्टाचारको फाइल खोल्ने विषय नीति–कार्यक्रममा हटाइएको भन्दै उनले सरकारलाई समर्थनको औचित्यमै प्रश्न उठेको बतायनुभएको छ ।
उहाँले आफ्नो पार्टी सरकारमा जाने स्थिति अहिले नरहेको स्पष्ट पार्नुभएको छ ।

उहाँले दोस्रोपटक संसदमा निर्वाचन भएकोमा रोमाञ्चित बनेको बताउँदै आफूलाई पहिले र अहिलेका दुवै लोगो लगाएर संसद जान मन लागेको उहाँले बतायनुभयो ।

बारामा रास्वपाले राम्रो नतिजा ल्याउन नसकेको विषयमा पनि उहाँलाई सोधिएको थियो । लामिछानेले मधेशमा आफ्नो पार्टीको उपस्थिति नै कमजोर रहेको स्वीकार गर्नुभएको छ ।
लामिछानेले रमेश खरेलजस्ता व्यक्तिको प्रवेशलाई नै आफूहरूले जितका रूपमा लिएको उल्लेख गर्नुभयो ।