काठमाडौ । नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले राजनीतिक दलहरुले जनअपेक्षा गरेअनुरुप काम गर्ने नसकेकै कारण जनतामा असन्तुष्टि बढेको बताउनु भएकोछ ।
आज नेपाली कांग्रेस काठमाडौ जिल्लाको पूर्ण बैठकमा बोल्दै नेता सिंहले समयको माग अनुसार कांग्रेसले कार्यशैलीमा रुपान्तरण गर्न नसके अप्ठ्यारो पर्ने अवस्था आउने समेत बताउनु भयो ।
नेता सिंहले सत्ता र शक्तिको राजनीतिमा मात्रै केन्द्रित हुँदा यस्तो परिस्थिति सिर्जना हुन पुगेको उल्लेख गर्नुभयो ।
भर्खरै सम्पन्न उपचुनाव मार्फत जनताको चासो प्रस्ट भएकाले दलहरुले बेलैमा कमीकमजोरी सच्याएर जानुको विकल्प नभएको बताउनु सिंहको भनाई थियो ।
कांग्रेस मूल्यमान्यता र आदर्शको राजनीतिबाट बिमुख भएकाले परिस्थिति जटिल बन्दै गएको नेता सिंहले बताउनुभयो ।
उहाँले कांग्रेसले पुराना नेता कार्यकर्ताको उचित सम्मान र नयाँ पुस्तालाई साथ लिएर जान नसक्नु कांग्रेसको मुख्य कमजोरी भएको भन्दै यसको उचित ब्यवस्थापन गर्न तर्फ लाग्नु पर्नेमा जोड समेत दिनुभयो ।
काठमाडौं जिल्ला सभापति सबुझ बानियाँलेको सभापतित्वमा बसेको बैठक आज र शुक्रबार गरी दुईदिनसम्म चल्नेछ ।
प्रतिक्रिया