काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई इमान्दारिताका साथ पारदर्शी भएर काम गर्न निर्देशन दिनुभएको छ ।
आज विराटनगर आएका उहाँले विराटनगर भन्सार कार्यालयको निरीक्षणपछि पारदर्शी भएर काम गर्न निर्देशन दिनुभएको छ ।
मन्त्री डा. महतले कर्मचारीको मूल्याङ्कन कामका आधारमा हुने पनि स्पष्ट पार्नुभयो ।
उहाँले यो आर्थिक वर्षको असारसम्ममा भन्सार असुलीको प्रतिशत निकै बढ्ने आफूले अपेक्षा गरेको पनि बताउनुभयो ।
प्रतिक्रिया