गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । गुल्मीको मालिका गाउँपालिका २ अन्तर्गत दर्लिङ्गबाट बाग्लुङको बडिगाड गाउँपालिकाको भिमगिठेका लागि छुटेको लु १ च ९९११ नम्बरको जीप गएराति खाल्टुङ्ग खोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा जीपका सहचालक बाग्लुङ बडिगाड गाउँपालिका–९ का १८ वर्षका किशोर केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
यसैविच ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ साँघुमा चट्याङ लागेर एक जना बालकको ज्यान गएको छ । दुईजना घाइते भएका छन् । गएराति करिब ९ बजेतिर घरमा बसिरहेको बेला घरमा चट्याङ पर्दा ११ वर्षका दार्ची शेर्पाको ज्यान गएको हो । चट्याङ लागेर बालकका बुबा दारिन्जेन शेर्पा र आमा मिङ्लाल्हामु शेर्पा घाइते हुनुभएको छ ।
प्रतिक्रिया