काठमाडौं महानगरपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिबिधी तथा कार्यक्रम आयोजना गर्न गर्न दिने प्रधानाध्यापक माथी कारबाही गर्नेृ भएको छ । महानगरपालिकाले आफु माताहातका सबै विद्यालयहरुलाई परिपत्र गर्दै विद्यालय हाताभित्र राजनीतिक गतिबिधी तथा कार्यक्रम आयोजना गर्न समेत वन्देज गरेको छ । त्यस्ता कार्यक्रमको अनुमति दिने प्रधानाध्यापकलाई बिभागिय कारबाही गर्नेसम्मको चेतावनी दिएको हो ।
महानगरपालिकाका शिक्षा अधिकारी, सिताराम कोइरालाले विद्यालय हाता भित्र अझै पनि राजनीतिक दल र भातृ संगठनका कार्यक्रमहरु भएको प्रमाणसहित उजुरी प्राप्त भए पछि सो निर्देशन जारी गरिएको वताउनु भयो ।
प्रतिक्रिया