देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जहाजमा चरा ठोकियो भनेर भ्रमपूर्ण हल्ला फैलाउने फ्लाई दुबईका २ जना कर्मचारी कारबाहीमा

देशान्तर

काठमाण्डौ । जहाजमा चरा ठोकियो भनेर भ्रमपूर्ण हल्ला फैलाउने फ्लाई दुबईका २ जना कर्मचारी कारबाहीमा परेका छन् ।

जहाजमा चरा ठोक्कियो भनेर भ्रमपूर्ण समाचार फैलाएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईका दुई जना कर्मचारीलाई कारबाही गरेको हो ।

हिजो सोमवार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबईको पखेटामा आगोको झिल्कासहित ठूलो आवाज आएको थियो ।

यस्तै उनीहरूको एअरपोर्ट पाससमेत निष्क्रिय पारिएको प्राधिकरणले जनाएको छ ।

कुनै पनि आधार प्रमाणविना जहाजमा चरा ठोकिएको भ्रमपूर्ण समाचार फैलाएको भन्दै प्राधिकरणले फ्लाई दुबईका नेपाल म्यानेजर र एअरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ ।

फ्लाई दुबईको बोइङ ७३७ विमान हिजो राति ९ बजेर १९ मिनेटमा उडेको थियो । ९ बजेर २० मिनेटमा नै पाइलटले इन्जिनमा समस्या आएको भन्दै सिङ्गल इन्जिनले मात्रै काम गरिरहेको जानकारी विमानस्थल टावरलाई गराएका थिए ।

लगत्तै इन्जिनमा आगोको झिल्कोसहित पड्किएको ठूलो आवाज बाहिरै सुनिएको थियो ।

त्यसपछि पाइलटले धादिङको धार्केमाथिको आकाशमा १० मिनेट विमान ुहोल्डु गराएपछि कुनै समस्या नदेखिएको भन्दै सिधै दुबईमा लगेर अवतरण गराएका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आज बिहान विमानस्थलको धावनमार्गमा एउटा मरेको चरा भेटिए पनि कुनै चोट नलागेकाले चरा ठोकिएको यकिन नभएको पुष्टि गरेको छ ।