काठमाडौं । लगातारको गिरावट भएको नेप्से परिसूचक आज १७ अंकले बढेको छ ।
अघिल्लो दिन यस्तो सूचक २.७१ अंकले घट्दै १८ सय ८८.३२ अंकको विन्दुमा अडिएको नेप्से आज नेप्से सूचक १७.३६ अंकले बढ्दै १९ सय ५.६८ अंकको विन्दुमा उक्लिएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.२७ अंकले बढ्दै ३६३।६५ अंकमा उक्लिएको छ ।
यद्यपि, कारोबार रकम भने खासै सुधार आउन सकेन । १७ अंकमाथिले नेप्से बढ्दैगर्दा यता जम्मा ८८ करोड ५५ लाख ७८ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।
आज म्युचुअल फण्ड बाहेकका १२ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी आज होटल तथा पर्यटन समूहको उपसूचक १।९२ प्रतिशतले बढेको छ भने म्यानु एण्ड प्रो १.८२ प्रतिशतले, डेभलपमेन्ट बैंक समूहको उपसूचक १.६५ प्रतिशतले, इन्भेष्टमेन्ट समूह १.४१ प्रतिशतले र फाइनान्स समूह १.६५ प्रतिशतले बढेको छ ।
म्युचुअल फण्डको उपसूचक भने आज झिनो (०.०९ प्रतिशत) अंकले घटेको छ ।
प्रतिक्रिया