काठमाडौं । एमालेका सांसद ठाकुर गैरले पुराना पुस्तकालयहरुको संरक्षण र नयाँ पुस्तकालय खोल्नका लागि आवश्यक कानूनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
आज प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
कानूनको अभावमा पुस्तकालयहरुले समस्या भोगिरहनु परेको उल्लेख गर्दै त्यसको उचित व्यवस्थापनका लागि तत्काल आवश्यक कानून बनाउन सरकारसँग माग गर्नुभएको हो ।
सांसद गैरले पुस्तकालयको उचित व्यवस्थापनका लागि कानून बनाउने गरी तत्काल संसदमा विधेयक पेश गर्न पनि सरकारलाई सचेत गराउनुभयो ।
पुस्तक पढने संस्कृति नै हराउन लागि रहेका बेला सरकारले पुस्तकालयको व्यवस्थापनमा ध्यान दिनुपर्ने पनि सांसद ठाकुरले बताउनुभयो ।
प्रतिक्रिया