काठमाडौं । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरका साथ विजयी भएका छन् । अन्तिम परिणाम अनुसार लामिछानेले ५४ हजार १७६ मत पाए ।
निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले ११२१४ मत प्राप्त गरे । दुईजनाबीचको मतान्तर ४२ हजार ९६२ रहेको छ ।एमालेबाट उम्मेदवार बनेका रामप्रसाद न्यौपाने १० हजार ९३६ मत ल्याएर तेस्रो बने ।
मंसिर ४ को चुनावमा रविले ४९ हजार ३ सय मत प्राप्त गरेका थिए । उनले गत संसदीय चुनावमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ल्याएको सर्वाधिक मतको रेकर्ड तोडेका छन् । ओलीले झापा ५ बाट ५२ हजार ३९१ मत प्राप्त गरेका थिए ।
प्रतिक्रिया