काठमाडौं ।। गण्डकीमा ३ दिनभित्र बहुमतको सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न ३ दिनभित्र दाबी गर्न आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखले कानुनी परामर्शपछि सरकार गठन गर्न ३ दिनभित्र दाबी गर्न आह्वान गरेका हुन् । कांग्रेसका , माओवादीका र एकीकृत समाजवादीसहित ३५ जनाले विपक्षमा मत दिँदाशनिबार अधिकारी सरकार ढलेको थियो ।
कुन उपधारा बमोजिम सरकार गठन गर्ने भन्ने अन्योलमा कानुनी परामर्शका लागि खगराज अधिकारी सरकार ढल्ने बेला नै प्रदेश प्रमुख गुरुङ काठमाडौं पुगेका थिए । सोमबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच उपधारा २ बमोजिम नै मुख्यमन्त्री नियुक्त हुने र पहिलो चरणमा सुरेन्द्रराज नै मुख्यमन्त्री हुने सहमति गरेका थिए । कांग्रेस सांसदहरुले शीर्ष नेतृत्वलाई भेटेर ठूलो दल पनि भएकाले सुरुमा कांग्रेसले नै नेतृत्व पाउनुपर्ने बताएका थिए । एक सांसदका अनुसार देउवा–प्रचण्डका बीचमै सुरुको ३ वर्ष कांग्रेस र पछिल्लो दुई वर्ष माओवादीले सरकार चलाउने सहमति भएको छ ।
प्रदेश प्रमुख गुरुङले मंगलबार ३ दिनको समय दिएर सरकार गठनका लागि आह्वान गरेपछि कांग्रेसका सुरेन्द्रराज पाण्डेले दाबी पेश गर्न जाने तयारी गरेका छन् ।
सोमबार नै लुम्बिनी सरकार पनि ढलेको छ । लुम्बिनीमा पनि गण्डकीको नजिर हेरेर आह्वान गर्ने प्रदेश प्रमुख अमिक शेरचनले बताएका छन् ।
प्रतिक्रिया