देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फ्लाइ दुबईको जहाजमा चरा नठोक्किएको पुष्टि

देशान्तर

काठमाडौं । हिजो साँझ काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाजमा चरा ठोक्किएको विषय पुष्टि हुन नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानस्थलमा तत्काल भौतिक रुपमा कर्मचारीबाट गरिएको निरीक्षणबाट यसको पुष्टि हुन नसकेको प्राधिकरणले जनाएको छ ।

यसअघि फ्लाइ दुबईले जहाजमा सम्भावित रुपमा चरा ठोक्किएको हुन सक्ने भन्दै ट्वीट गरेको थियो । प्राधिरकणले मंगलबार यसको पुष्टि हुन नसकेको जनाएको छ ।

सोमबार मरेको चरा विमानस्थल, धावनमार्ग र यसको आसपास नभेटिएको प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभएको छ।

एउटा भँगेरो मृत भेटिएको र सो भँगेरा केही दिन अगाडि मरेर सुकिसकेको अवस्थामा रहेको उहाँले बतायनुभयो ।

प्राधिकरणका अनुसार एफजेड ५७६ जहाजका पाइलटले असामान्य अवस्थाबारे विमानस्थललाई जानकारी गराउनुभएको थियो ।

त्यसपछि प्राधिकरणले सबै आपतकालीन प्रावधानहरुको प्रबन्ध गरेको थियो ।

पाइलटले जहाजलाई काठमाडौं अवतरण गराउन चाहेको अवस्थामा त्यसको तयारी गरिएको थियो । तर, पाइलटले उडान गन्तव्यतर्फ नै जारी राख्ने निर्णय लिएका थिए ।

यसबारे कम्पनीले प्राधिकरणलाई अब आफ्नोतर्फबाट रिर्पोटिङ गर्नेछ । त्यसपछि मात्र जहाजमा के भएको थियो भन्नेबारे खुल्ने प्राधिकरणको भनाइ छ ।