देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपनिर्वाचन अपडेटः तनहुँ र चितवनमा रास्वपा दोब्बर मतले अगाडि

देशान्तर

काठमाडौं । आइतबार उपनिर्वाचन सम्पन्न भएका बारा–२, चितवन–२ र तनहुँ १ मा धमाधम मतगणना सुरु भएलगतै मतपरिणम आउने क्रममा जारी छ ।

तनहुँ १ मा गएरातिदेखि नै मतगणना सुरु भइरहेको हो भने बारा २ र चितवन २ मा आज दिउँसोदेखि मतगणना सुरु भएको हो ।

तनहुँ र चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी दोब्बार मतले अगाडि छ । भने बारा २ को उपनिर्वाचनको मतगणनामा पुनः जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता लिनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेको मतान्तर झन् बढेको छ ।

पछिल्लो विवरणअनुसार वाग्लेले १८ हजार ९ सय ५८ मत प्राप्त गर्नुभएको छ । भने नेपाली कांग्रेसका गोविन्द भट्टराईले १० हजार ८ सय ४१ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ५ हजार ८६७ मत प्राप्त गर्नुभएको छ । अहिलेसम्म ३५ हजार ३६ मतको गणना सकिएको छ ।

चितवन निर्वाचन क्षेत्र नम्बर २ को जारी मतगणनामा रास्वपाका उम्मेदवार रवि लामिछानेले अग्रता कायमै गरेका छन् ।

भित्र मतगणना भइरहदा बाहिर रविका समर्थकहरुले हुटिंग गरिरहेका छन् ।

जारी मतगणनाअनुसार ३ हजार ६ सय २ मत ल्याउँदै रास्वापका उम्मेदवार रवि लाछिानेले लामिछानेले अग्रता कायम गनुभएको छ । त्यस्तै एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले रविलाई पछ्याउँदै २ हजार ८ सय २ मत प्राप्त गर्नुभएको छ ।

तेस्रो स्थानमा रहेका कांग्रेसका जीतनारायाण श्रेष्ठले १०३१ मत प्राप्त गर्नुभएको छ । चितवनमा इच्छामनकामना गाउँपालिकाबाट मत गणना सुरु भएको हो ।

बारा २ को उपनिर्वाचनको मतगणनामा पुनः जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता लिनुभएको छ ।

केही बेर अघि मात्र जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहको अग्रता कायम राख्नुभएको थियो । उहाँलाई पछाडि पार्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता लिनुभएको हो ।

यादवले १ हजार ३ सय ९० मत पाउँदा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले १३०१ मत पानुभएको छ ।

त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ६२९ र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २५९ मत पाएका छन् ।

मतगणनाको सुरुवातमा जसपाका उपेन्द्र यादवले अग्रता लिएका थिए तर पछि शिवचन्द्रले अग्रता लिएका थिए