देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

घट्दै सेयर बजार, कारोबार रकम निरन्तर ओरालो

देशान्तर

काठमाडौं । सेयर बजारमा लगानीकर्ताको सक्रियता घट्दै गएको छ ।

आज बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएपनि कारोबार रकम भने घट्दै गएको छ ।

बजारमा बिक्री चाप नभएपनि लगानीकर्ता विश्वस्त भएर सक्रिय नबन्दा कारोबार रकम घट्दै गएको लगानीकर्ताहरु बताएका छन् ।

आज नेप्सेमा उतारचढावका बीच २.७१ अंकले वृद्धि भएर १८८८.३२ अंकमा बन्द भएको छ ।

बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.०१ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक १.८५ प्रतिशत, लगानी उपसूचक ०.१२ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.२२ प्रतिशतले गिरावट भएको छ ।

लघुवित्त, विकास बैंक, हाइड्रोपावर, जीवन बीमा लगायतका अधिकांश उपसूचक वृद्धि हुँदा नेप्सेमा सामान्य वृद्धि भएको छ ।

नेप्सेमा सामान्य वृद्धि भएपनि कारोबार रकममा भने गिरावट भएको छ ।

करिब ८३ करोडको कारोबार भएको बजारमा आज कारोबार रकम घटेर ७५ करोड १३ लाखमा सीमित भएको छ ।

आज नेप्सेमा कुल २२० सूचीकृत कम्पनीको सेयर करोबार भएकोमा १२० कम्पनीको सेयरमूल्य बढेको छ भने ८५ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ ।

१५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।