काठमाडौं । रवि लामिछानेको फेसबुक स्टाटस सेयर गरेको भन्दै तनहुँ निर्वाचन क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
तनहुँ निर्वाचन क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा अग्रता लिइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ललाई जिल्ला आचारसंहिता अनुगमन समिति तनहुँले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
उनले प्रचार प्रसार निषेधको अवधि सुरु भइसकेपछि वैशाख १० गते निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ (ग) र (घ) प्रतिकूल हुने गरी सामाजिक सञ्जालमामार्फत रवि लामिछानेको स्टाटस शेयर गरी मतदाता प्रभावित पार्ने हतकण्डा अपनाएको भन्ने उजुरी परेपछि उम्मेदवार वाग्लेलाई समितिले स्पष्टीकरण सोधेको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय, तनहुँ, दमौलीमा आफैँ वा प्रतिनिधि मार्फत उपस्थित भइ २४ घण्टाभित्र स्पष्टिकरण पेस गर्न भनिएको छ ।
प्रतिक्रिया