देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गत वर्ष विश्वमा इतिहासकै बढी सैन्य खर्च भएको खुलासा, पूर्वी युरोपेली देशहरुको सैन्य खर्च बढी

देशान्तर

एजेन्सी । रुस–युक्रेन युद्ध चर्किएको वर्ष सन् २०२२ मा विश्वमा २२ खर्ब ४० अर्ब डलर भन्दा बढी रकम सैन्य क्षेत्रमा खर्च भएको एक अध्ययनले देखाएको हो ।

गत वर्ष विश्वमा इतिहासकै बढी सैन्य खर्च भएको हो । अधिकांश पूर्वी युरोपेली देशहरुको सैन्य खर्च बढेको पाइएको छ ।

स्टकहोम पिस रिसर्च इन्स्टिच्यूटका अनुसार युरोपमा सबै भन्दा बढी अर्थात करिब १५ प्रतिशत सैन्य खर्च बढेको छ ।

त्यसमा पनि फिनल्याण्डको सैन्य खर्च ३६ प्रतिशत र लिथुआनियाको २७ प्रतिशतले बढेको सो संस्थाले जनाएको छ ।

रुसको आक्रमणमा परेको युक्रेनको सैन्य खर्च अघिल्लो वर्षको तुलनामा ६ गुणा बढी भएको छ ।

युक्रेनले सन् २०२२ मा ४४ अर्ब डलर सैन्य खर्च गरेको थियो ।