काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब देश युवाले हाँक्ने जनाएका छन् ।
लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिदैँ ब्यवस्था बदलिए पनि अवस्था नबदलिएको पनि उनको टिप्पणी छ।
´सोच्छु, ऐतिहासिक परिवर्तनले बलिदानीको मर्म जोगाउन सक्यो कि सकेन? राजनीतिक चरित्र सुधार्न सक्यो कि सकेन ?,´ लामिछानेको निष्कर्ष छ, ´ अहिलेको देश देख्दा लाग्छ हामी दशकौँ पहिले जहाँ थियौं, त्यहीँ छौं । व्यवस्था त सुध्रियो, अवस्था सुध्रिएन’
उनले अगाडि लेखेका छन्, ´ लोकतन्त्र दिवसले ती तमाम जञ्जालबाट मुक्ति देओस्। यो देश अब युवाले हाँक्छन् ।´
प्रतिक्रिया