देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बारा–२ को मतगणनाको प्रत्यक्ष प्रसारण गर्नुपर्छः सिके राउत

देशान्तर

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले बाराको सुवर्ण गाउँपालिकाका चारवटा मत पेटिका सिल टुटेको अवस्थामा फेला परेको बताउनुभएको छ ।

बारा–२ को उपनिर्वाचनमा एक गाउँपालिकाका चारवटा मतसहितका बाकस सिल टुटेको अवस्थामा फेला परेका छन् ।

बारा–२ मा जनता समाजवादी पार्टीले धाँधली गरेर चुनाव जित्ने रणनीतिमा लागेको अध्यक्ष राउतको आरोप छ ।

सोही क्षेत्रमा अध्यक्ष राउतले बारा–२ को उपनिर्वाचनको मतगणनाको प्रत्यक्ष प्रसारण गर्न माग गर्नुभएको छ ।

अध्यक्ष राउतले सामाजिक सञ्जाल ट्विटरमा एउटा भिडियो पोष्ट गर्दै उहाँले यस्तो बताउनुभएको हो । हार्न लागेपछि जसपाले भित्र नै उत्पात र दंगा मचाएर निर्वाचन बदर गराउने कसरी कोसिस गरेको भन्लै प्रहरी प्रमुखको मिलेमतो भएको आरोप लागाउनुभएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव उक्त क्षेत्रबाट उम्मेदवार छन् भने जनमतबाट शिवचन्द्र कुशवाह उम्मेदवार रहेका छन्। यस्तै नेकपा एमालेबाट पुरुषोत्तम पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल उम्मेदवार रहेका छन् ।