देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तनहुँ–१ अपडेटः डा.स्वर्णिम वाग्लेको अग्रता कायम, दोब्बर मतले अगाडि

देशान्तर

काठमाडौं । प्रतिनिधि सभाका तीन वटा निर्वाचन क्षेत्रमा आइतबार उपनिर्वाचन भएकोमा तनहुँ १ मा मात्र मतगणना जारी छ ।

तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता लिइ रहनु भएको छ ।

दमौलीमा जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले ११२२१ मत प्राप्त गर्नुभएको छ ।

कुल २१ हजार २६१ मतगणना सकिँदा स्वर्णिमले एमाले र कांग्रेसका उम्मेदवारले पाएको कुल मत भन्दा पनि स्वर्णिमले बढी मत पाउनुभएको छ ।

मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ८ सय ८५ मत तथा एमालेका सर्वेन्द्र खनालले ३ हजार ४ सय ६८ मत पायनुभएको छ ।
तनहुँ १ मा गएरातिदेखि मतगणना सुरु भएको थियो ।

बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना सर्बदलीय बैठक सकिएलगतै शुरु गरिने निर्वाचन आयोगले जनाएको छ । तर बैठकपछिको कुनै निर्णय आएको छैन ।

बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेल उम्मेदवार छन् ।