देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सन्दीपको मुद्दाको फैसला आज हुँदै

देशान्तर

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आज अन्तिम सुनुवाइ हुने भएको छ । जिल्ला अदालत काठमाडौंमा विचाराधीन मुद्दामा अन्तिम सुनुवाइ गर्न आज पेशी तोकिएको हो । गत भदौ २१ गते एक किशोरीले सन्दीपबिरुद्ध बलात्कारको आरोपमा गौशाला प्रहरी वृत्तमा जाहेरी दिएपछि सन्दीप थुनामा परेका थिए । पाटन उच्च अदालतले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो ।

उजुरी दिने किशोरीको मेडिकल जाँच गर्ने चिकित्सक र क्रिकेटर साहब आलमको बकपत्र सकिएकोले मुद्दामा आज नै अन्तिम सुनुवाइ गरिने भएको हो । यसअघि चैत २६ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरराज बरालको इजलासले किशोरीको मेडिकल गर्ने डाक्टर र क्रिकेटर साहब आलमको बकपत्र गराउन आदेश दिएको थियो ।