देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चितवन २ मा मतदानका क्रममा आचारसंहिता उलंघन गरेको विषयमा रास्वपाले माग्यो माफी

देशान्तर

काठमाडौं । आचारसंहिता उलंघन गरेको भन्दै रास्वपाले माफी मागेको छ ।

चितवन २ मा रास्वपाले मतदानका क्रममा आचारसंहिता उलंघन गरेको विषयमा माफी मागेको हो।

भरतपुर ११ स्थित नयाँ किरण कमलकुसुम मतदान केन्द्रमा रास्वपाका कार्यकर्ताले उपनिर्वाचनको मतदान चलिरहेका बेला आचारसंहिता उलंघन गर्दै कार्यक्रम सञ्चालन गरेको आरोप एमालेलगायतका दलले गरेका थिए ।

मतदान सुचारु गर्ने सम्बन्धमा भएको सर्वदलीय बैठकमा रास्वपाले गल्ती भएको स्वीकार्दै क्षमायाचना गर्ने निर्णय भएको हो ।

सो क्रममा दुई पक्षबीच झडपको स्थिति बन्दा मतदान प्रभावित भएको थियो । ४ बुँदे निर्णय पछि पुनः मतदान सुरु भएको छ ।

यस्तै मतदान केन्द्रको ३०० मिनेटर वरपर शान्ति सुरक्षा कायम गर्ने, आचारसंहिता उलंघनको विषय मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराउने, सबै दल एकढिक्का भएर चुनाव सम्पन्न गर्न लाग्नेसहितको ४ बुँदे निर्णय भएको छ ।

निर्णयपछि भरतपुर ११ स्थित नयाँ किरण कमलकुसुम मतदान केन्द्रमा पुनः मतदान सुरु भएको छ ।