काठमाडौं । आचारसंहिता उल्लंघन गरेको भन्दै जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समिति तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द् भट्टराईसँग स्पष्टीकरण सोधेको छ ।
मौनअवधि सुरु भइसकेपछि अर्थात वैशाख ७ गते राति १२ पछि मोबाइलबाट भ्वाइस म्यासेज पठाएर मत मागेको भन्दै उजुरी परेकाले स्पष्टीकरण सोधिएको समितिले जनाएको छ ।
समितिले स्पष्टीकरण मागेका भट्टराई नेपाली कांग्रेसका उम्मेदवार हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा आफैं वा प्रतिनिधि मार्फद उपस्थित भई २४ घन्टाभित्र स्पष्टीकरण दिन समितिले भनेको छ ।
प्रतिक्रिया