काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग निर्वाचन आयोगले आचारसंहिता विपरीत काम गरेको भन्दै स्पष्टीकरण मागेको छ ।
उपनिर्वाचनका क्रममा मतदान भइरहेका बेला यादव आज सरकारी गाडी र सुरक्षाकर्मीसहित बारा क्षेत्र नम्बर २ को पचरौता नगरपालिका क्षेत्रमा गएपछि आयोगले कारणबारे स्पष्टीकरण मागेको हो ।
यादवलाई पचरौता जाँदा प्रयोग गरेको गाडी, सुरक्षा व्यवस्था सरकारो हो वा होइन ? भनेर पनि सोधेको आयोगले जनाएको छ ।
आयोगले २४ घण्टाभित्र स्पष्टीकरण दिन मुख्यमन्त्री यादवलाई भनेको छ ।
प्रतिक्रिया