काठमाडौं । भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछ ।
आज हुने पहिलो खेलमा गुजरात टाईटन्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा मुम्बई ईन्डियन्सले पन्जाब किंग्सको सामना गर्नेछ ।
गुजरात र लखनउबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजेबाट सुरु हुनेछ ।
आज नै हुने मुम्बई र पन्जाबबीचको दोस्रो खेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।
प्रतिक्रिया