काठमाडौं । झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
बुद्धशान्ति–५ खारखोलास्थित बारीमा मकै खान आएको हात्तीलाई धपाउन खोज्दा आक्रमण गरेपछि सोही ठाउँका भिमबहादुर भट्टराईको मृत्यु भएको हो ।
आज बिहान साढे ३ बजे भट्टराईलाई हात्तीले किल्चेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार डिभिजन वन कार्यालय र प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको छ ।
जनाउँदै उहाँले थप विवरण आउन बाँकी रहेको उहाँले बतायनुभयो ।
पूर्वी क्षेत्र बाहुनडाँगी हुँदै भारतबाट समेत जंगली हात्तीको हुल नेपाल प्रवेश गर्दै आएको छ ।
एक दर्जनको संख्यामा रैथाने हात्ती स्थानीय जंगलमा बस्दै आएका छन् । हुलबाट एक्लिएको जंगली हात्तीले मान्छेमाथि आक्रमण गर्दै आएको स्थानीयबासीशरुले बताएका छन् ।
प्रतिक्रिया