काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले नराम्रो व्यवहारको प्रयोग भए उपनिर्वाचनपछि सत्ता गठबन्धनको स्वास्थ्य बिग्रन सक्ने बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा शनिबार जनकपुरधाममा आयोजना हुने लागेको कार्यक्रममा सहभागि हुन जनकपुरधाम जानुभएका नेता खनालले संचारकर्मीसँग कुरा गर्दै उपनिर्वाचनपछि सत्ता गठबन्धनको स्वास्थ्य बिग्रने बताउनुभएको हो ।
उहाँले मिलेर जाने कुरा बेग्लै भएपनि एकीकृत समाजवादीले तत्काल कसैसँग पार्टी एकीकरण गर्ने सम्भावना नरहेको स्पष्ट पार्नुभयो ।
उहाँले आफ्नो पार्टी अधिवेशन र महाधिवेशनको तयारीमा रहेकाले तत्काल वामपन्थी शक्तिहरु मिल्नुको विकल्प नरहेको समेत बताउनुभयो ।
देशको विभिन्न क्षेत्रहरु जस्तै पवित्रधाम जनकपुरबाट आफूले वामपन्थीहरुको एकताका लागि आग्रह र आह्वान गर्ने बताउनुभयो ।
राष्ट्रियता माथि संकट बढिरहेको पनि नेता खनालले बताउनुभयो ।
प्रतिक्रिया