देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपनिर्वाचनको तयारी पूरा

‘आचारसंहिता नमान्नेलाई नियन्त्रणमा लिनू’

देशान्तर

तिन निर्वाचन क्षेत्रमा हुन लागेको उपनिर्वाचनको सवै तयारि पुरा भएको छ । चितवन निर्वाचन क्षेत्र नं २, बारा निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा भोलि हुन प्रतिनिधि सभा सदस्य उपचुनावको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । तीनवटै क्षेत्रका मतदान केन्द्र र मतदानस्थलमा मतदान अधिकृत र कर्मचारीसँगै सुरक्षाकर्मी खटिएको आयोगले जनाएको छ ।

आवश्यक पर्ने चुनावी सामग्री सहित जनशक्ति सबै मतदान केन्द्रमा पुगेको निर्वाचन आयोगले जनाएको छ । उपचुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त, विश्वसनीय र सुरक्षितरूपमा सम्पन्न गर्न आयोगले सम्बन्धित सबै पक्षलाई निर्देशन समेत दिएको छ। उपनिर्वाचनमा आचारसंहिता विपरित कार्यगर्ने लाई पक्राउ गर्न समेत आयोगले निर्देशन दिएको छ ।

त्यस्तै उपचुनाव हुने जिल्लाहरुमा सार्वजनिक विदा समेत दिइएको छ। तर अस्पताल, नर्सिङ होमलगायत सबै स्वास्थ्य संस्था निर्बाधरूपमा सञ्चालन हुने व्यवस्था मिलाउनुका साथै एम्बुलेन्स तथा दमकललाई तैनाथ अवस्थामा राख्न निर्देशन दिइएको छ । सुरक्षा निकाय र सञ्चार सेवा प्रदायक कम्पनीलाई पनि आफ्नो सेवा चुस्त बनाउन र चुनावका क्रममा सहज उपलब्धताका लागि आयोगले निर्देशन दिएको छ ।

उपचुनावमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई कसैले कुनै किसिमको डर, धम्की, प्रलोभन दिएमा वा उनीहरूको काममा बाधा पु¥याएमा त्यस्ता कार्यलाई निर्वाचन कसुर मानी तत्काल कारबाही गर्न आयोगको निर्देशन छ ।