त्रिभुवन विश्वविद्यालयले वैशाख १० गतेदेखि सुरुगर्नेे तयारी गरेको स्नातक तह प्रथम वर्षको परीक्षा एक साता पछि सारेको छ । वैशाख १० गते उपनिर्वाचन हुन लागेको भन्दै त्रिविले परीक्षा सुरू हुने तालिका वैशाख १६ गतेलाई सारेको हो ।
वैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–२ निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । उक्त दिन बिहान ७ बजेदेखि व्यवस्थापन संकायको फाइनान्स र दिउँसो १२ बजे मानविकी संकायको अंग्रेजी, नेपाली, हिन्दी, नेपाल भाषा, मैथिली र संस्कृतको परीक्षा लिने तालिका रहेको थियो ।
अब सबै परीक्षाहरु वैशाख १६ गते सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ । सारिएका परीक्षाहरु यसअघि तोकिएकै समय र सेन्टरमा सञ्चालन हुने छ ।
प्रतिक्रिया