काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण तय भइनसककेको जानकारी दिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीको भारत भ्रमण अहिलेसम्म तय नभएको बताएकी छन् ।
बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले अहिले प्रधानमन्त्री भारत भ्रमणमा जाने भन्ने कुरा भए पनि टुंगो नलागेको स्पष्ट पारिन् ।
“प्रधानमन्त्रीको भारत भ्रमण हुने भन्ने कुरा छ । तर मिति तय भइसकेको छैन,” उनले भनिन्, “भारत छिमेकी राष्ट्र हो । छिमेकी देशको भ्रमणमा प्रधानमन्त्री जाँदा कस्ता विषयहरुमा छलफल गर्ने भनेर मन्त्रालयहरुबाटै तयारी गरेर मन्त्रिपरिषद्बाट निर्णय भएर नै छलफलका विषयहरु छनोट हुने हो ।”
मन्त्री शर्माले भारत भ्रमणमा दुईदेशीय हित, सीमासम्बन्धी विषयहरु, कृषि, पूर्वाधार विकासलगायत विषयहरुमा नियमित संवाद नै हुन सक्ने बताइन् ।
प्रतिक्रिया