देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भेरी नदीको बेलिब्रिज भाँच्चिदा ९ जना घाइते, हेलिकप्टरबाट उद्धार गरिँदै, घाइतेमध्ये अधिकांश मजदुर

देशान्तर

काठमाडौं । जाजरकोट र रुकुम पश्चिमको बीचमा पर्ने भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिएको घटनामा परेका अधिकांश त्यहाँ कार्यरत मजदुरहरू रहेको बुझिएको छ ।

घाइते नौ जना नै मजदुरहरू रहेको रुकुम पश्चिम प्रहरीले जनाएको छ । घाइतेहरूको पहिचान खुल्न सकेको छैन । त्यसमा केहीको अवस्था चिन्ताजनक रहेको र केहीको मृत्यु भइसकेको अनुमान प्रहरीको छ ।

उक्त बेलिब्रिजले भेरी करिडोर अन्तर्गत जाजरकोट नलगाड नगरपालिका–१२ तल्लुबजार र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको गोतामकोट जोड्दछ ।

घाइतेको उपचारका लागि नेपालगन्ज लैजान हेलिकप्टोरबाट खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक नमराज भट्टराई बताउनुभएको छ ।

घाइते बोल्न सक्ने अवस्थामा नरहेको र केही भारतीय कामदारहरू समेत रहेको उनको भनाइ छ ।