देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

१५ दिनभित्र सम्झौता कार्यान्वयन नभए बञ्चरेडाँडामा फोहोर बिसर्जन गर्न नदिने महानगरलाई चेतावनी

देशान्तर

काठमाडौं । काठमाडौंको फोहोर फालिदै आएका नुवाकोटका स्थानीयसँग गरेका सम्झौता कार्यान्वयन नभए बञ्चरेडाँडामा फोहोर बिसर्जन गर्न नदिने चेतावनी दिएका छन् ।

नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले १५ दिनभित्र स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नभए बञ्चरेडाँडामा फोहोर बिसर्जन गर्न नदिने चेतावनी दिएका हुन् ।

दुबै नगरपालिकाले आज प्रेस विज्ञप्ति जारी गर्दै यस अघि गरिएको संझौता १५ दिनभित्र कार्यान्वयन नभए फोहोर फाल्न नदिने चेतावनी दिएका हुन् ।

गत वर्ष शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाका र स्थानीय सरोकारवालहरुबीच फोहोर फाल्ने बिषयमा संझौता भएको थियो ।

तर संझौता कार्यान्वयन नभएको भन्दै धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र ककनी गाउँपालिकाका अध्यक्ष सुमन लामाले संयुक्त विज्ञप्ति जारी गर्दै संझौता कार्यान्वयन गर्न माग गरेका हुन् ।