केही दिनदेखि देशभर फैलिरहेको डढेलो अझै २ सय ३४ स्थानमा कायमै रहेको छ । अहिले देशका ३१ वटा जिल्लाका दुई सय ३४ ठाउँमा डढेलो लागिरहेको वन तथा भूसंरक्षण विभागले जनाएको छ ।
विभागका अनुसार अहिले सबैभन्दा धेरै दाङमा डढेको लागेको छ । दाङमा मात्रै ४२ ठाउँमा डढेलो लागिरहेको छ । यस्तै प्युठानका २८, अर्घखाँचीका १६, सुर्खेतका १६ र मकवानपुरको १४ ठाउँमा डढेलो लागिरहेको छ ।
गएको २४ घण्टामा देशका तीन सय ७९ ठाउँमा डढेलो लागेको छ भने एक हप्तामा सात सय ६३ ठाउँमा डढेलो लागिसकेको छ । केही दिन अघिसम्म तराई र मध्यपहाडी क्षेत्रमा रहेको डढेलो अहिले उच्च पहाडी र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ । डढेलोसँगै प्रदूषण पनि उच्च भएको छ ।
प्रतिक्रिया