बैशाख १० गते हुन गईरहेको उपनिर्वाचनका लागि आज राति १२ बजेबाट मौन अबधि सुरु हुन लागेको छ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचन प्रयोजनका लागि कुनै पनि खाले प्रचारप्रसार गर्न आज राति १२ बजेबाट पाइने छैन र प्रचार प्रसार गरेको पाईएमा कारबाही हुनेछ ।
आगामी बैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ । यि तिन क्षेत्रमा निर्वाचन आचारसंहिता अनुसार मौन अबधि सुरुहुन लागेको हो ।
यसैविच पाँचदलीय गठबन्धनले बारा २ को महागढीमाईस्थित बरियारपुरमा चुनावीसभा गर्दैछ । गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार रहेको बारा २ मा आज चुनावी सभा हुदैँ छ ।
चुनावीसभालाई प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपाका अध्यक्ष महन्थ ठाकुर लगायतका गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । मौन अबधिमा कुनैपनि प्रचारप्रशर तथा आचारसंहिता विपरितका कार्य नगर्न निर्वाचन आयोगले उमेदवार तथा सम्वन्धित पक्षलाई जानकारि गराएको छ ।
प्रतिक्रिया