काठमाडौं । मिटरब्याजी पीडितहरूले आज गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन्।
शान्ति वाटिकामा आज उनीहरूले गृहमन्त्री श्रेष्ठको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।
सरकारसँग वार्ता नमिलेपछि फेरी आन्दोलनमा उत्रेका मिटरब्याजी पीडितहरूमाथि हिजो प्रहरीले लाठी चार्ज र पानीको फोहोरा हानेर बल प्रयोग गरेको थियो।
झडपमा परी केही मिटरब्याज पीडित घाइते भएका थिए । केहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नवलपरासी लगायत देशका विभिन्न स्थानबाट आएका मिटरब्याजी पीडितहरूसँग सरकारले समिति बनाएर गृह मन्त्रालयमा वार्ता गरेको भए पनि सहमति हुन सकेको छैन ।
प्रतिक्रिया