काठमाडौं । आज सेयर बजार परिसूचक नेप्सेमा २३ अंकमाथिको गिरावट आएको छ ।
हिजो आइतबार २.८० अंकले घट्दै १९ सय ३१ अंकमा अडिएको बजारमा आज थप २३.६४ अंकले नेप्से घट्दै १९ सय ८.०४ अंकको विन्दुमा झरेको हो ।
२३ अंक बढीले नेप्से सूचक घट्दै गर्दा यता आज कारोबार रकम समेत ९२ करोड ७८ हजार रुपैयाँमा सीमित हुन पुगेको छ ।
आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । बैङ्किङ समूहको उपसूचक १.०२ प्रतिशतले घटेको ।
विकास बैङ्क समूहको उपसूचक १.८८ प्रतिशतले, माइक्रो फाइनान्स समूह १.६७ प्रतिशतले, इन्भेस्टमेन्ट समूह १.५८ प्रतिशतले घटेको छ ।
यस्तै फाइनान्स समूहको उपसूचक १.८० प्रतिशतले घटेको छ भने जीवन बीमा र निर्जीव बीमा समूहको उपसूचक क्रमशः १.५५ र ०.६७ प्रतिशतले घटेका छन् ।
आज पनि आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सनराइज ब्लूचिफ फण्डको मूल्य ६.२५ प्रतिशतले घट्न पुगेको छ ।
अन्य समूहको उपसूचक १ प्रतिशत कमले घटेका छन् ।
प्रतिक्रिया