देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्र बैंकले आज २४ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने

देशान्तर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २४ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ ।

इच्छुक खरिदकर्ताले आज दिउँसो ३ बजेभित्र बैंकले तोकेको अनलाइन ठेगानामा आवेदन दिन सक्नेछन् ।

बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कूल २४ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।

कूल ट्रेजरीमध्ये १५ अर्ब २० करोड रुपैयाँ पुरानो नवीकरण गरेर बाँकी रहेको ९ अर्ब ५० करोड रुपैयाँ नयाँ बिक्री गर्ने केन्द्रीय बैंकले जनाएको छ ।

बैंकका अनुसार कूल ट्रेजरीमध्ये ८५ प्रतिशत आपसी प्रतिस्पर्धात्मक प्रणालीबाट र बाँकी १५ प्रतिशत विना प्रतिस्पर्धा बिक्री गरिने छ ।