काठमाडौं -प्रतिनिधिसभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गरिने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १० गते चितवन, तनहुँ र बारामा एकसाथ हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्ने स्वीकृत दिएका हुन् ।
गत मंसिर ४ गतेको निर्वाचनमा चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने निर्वाचित भए पनि उनको सांसद पद नागरिकता विवादसँगै सर्वोच्च अदालतले खारेज गरेपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।
यस्तै,तनहुँ १ बाट प्रतिनिधिसभामा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको र बारा २ बाट प्रतिनिधिसभामा निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि यी दुई निर्वाचन क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो ।
प्रतिक्रिया