देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीको काम सुरु गरिहाल्छुः नवनियुक्त परराष्ट्रमन्त्री साउद

देशान्तर

काठमाडौं – परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पदभार ग्रहण गरेका छन्। आज दिउँसो राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै परराष्ट्रमन्त्री साउदले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गरिहाल्ने प्रतिक्रिया दिए ।कर्मचारीसँग ब्रिफिङ लिएर भ्रमणको तयारी अगाडि बढाउँने उनले बताए ।

सत्ता गठबन्धनमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणकै तयारीका लागि परराष्ट्रमन्त्री नियुक्त गरिहाल्ने सहमति भएअनुसार साउदले आज शपथ लिएका हुन् ।प्रधानमन्त्रीले वैशाख दोस्रो सातासम्ममा भारत भ्रमण गर्ने तयारी भएको बताइएको छ ।

कांग्रेस केन्द्रीय सदस्य साउद यसअघि २०७० सालमा सिँचाईमन्त्री र विसं २०५७ मा शिक्षा तथा खेलकुद राज्यमन्त्री भएका थिए । उनी गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा कञ्चनपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

यसैबीच आजै नेकपा एकीकृत समाजवादीकी नेतृ नन्दा चपाईंलाई भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।एकीकृत समाजवादीको तर्फबाट राष्ट्रियसभा सदस्य रहेकी उनले पार्टीकै नेता प्रकाश ज्वालाले नेतृत्व गरेको मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी पाएकी हुन् ।उनी नेपाली राजनीतिमा एनपी साउदको नामले परिचित छन्।