काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले पद तथा गोपनीयताको शपथग्रहण गर्नु भएको छ ।
आज शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट उहाँले शपथ ग्रहण गर्नुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सांसद साउदलाई परराष्ट्रमन्त्री बनाउँन सिफारिस गरेपछि राष्ट्रपति पौडेलले नियुक्त गर्दै शपथ ग्रहण गराउनु भएको हो ।
साउद यसअघि सिँचाइमन्त्रीसमेत बन्नुभएको थियो । वर्तमान सरकारमा साउदसहित कांग्रेसबाट पाँच जना मन्त्री बनिसकेका छन् ।
यस्तै नेकपा एकीकृत समाजवादीबाट नन्दा चपाईंले पनि भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा शपथ लिनु भएको छ ।
प्रतिक्रिया