काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले नन्दा चपाईंलाई भौतिक राज्यमन्त्रीमा पठाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा राष्ट्रिय सभा सदस्य रहेकी चपाईंको पनि शपथ हुन लागेको एकीकृत समाजवादीले जनाएको छ ।
पार्टीका प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्रीका रूपमा जिम्मेवारी पाइसकेका छन् ।
प्रतिक्रिया