काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यक्षको पदबहाली ग्रहण गर्नुभएको छ ।
आइतबार टेकुस्थित महासंघको केन्द्रीय कार्यालयमा अध्यक्ष पदको पदबहाली ग्रहण गर्नुभएको हो ।
महासंघको वरिष्ठ उपाध्यक्षमा रहनुभएका ढकाल महासंघको विधान अनुसार स्वतः अध्यक्ष हुनुभएको हो । ढकालले गत बिहीबार निःर्वतमान अध्यक्ष शेखर गोल्छाबाट पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।
ढकालले गत बिहीबार नै पद तथा गोपनियताको शपथ लिनु भएपनि आईतवार मात्रै अध्यक्षको पदबहाली गर्नुभएको हो ।
उहाँले वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, दोस्रो लगानीको वातावरण बनाउन पहल गर्ने बताउनुभयो ।
उहाँले उद्योग व्यवसायमा आन्तरिक तथा वैदेशिक लगानीको वातारण बनाउन नसकिने भन्दै सरोकारवाला पक्षहरु सरकार, नियमनकारी निकायसँग निजी क्षेत्रको तर्फबाट पहल गर्ने बताउनुभयो । ्
उहाँले महासंघका आएको नयाँ टिमले अब देशको अर्थतन्त्र कसरी माथि लैजाने भनेर काम गर्ने विश्वास रहेको बताउनुभयो ।
उहाँले ढकालको नेतृत्वको टिम महासंघमा सफल हुने पनि बताउनुभयो ।
प्रतिक्रिया